सामाजिक सञ्जालको ठुलो कम्पनी  फेसबुकले बिहीबार राति आफ्नो नयाँ नाम घोषणा गरेको छ । फेसबुक कम्पनीको नयाँ नाम मेटा रहने मध्यरात फेसबुक कम्पनीको आधिकारिक ट्विटर ह्यान्डलबाट एक ट्विट गर्दै फेसबुकले जनाएको छ । 

 १७ वर्षपछि फेसबुकको नाम परिवर्तन गर्ने बारे जानकारी दिँदै कम्पनीको कनेक्ट इभेन्टमा सम्बोधन गर्दै सिइओ मार्क जुकरबर्गले नयाँ नाम ‘मेटा’ रहने बताएका हुन्। 

 सन् २००४ देखि सुरु भएको सोसल मिडिया कम्पनी फेसबुकले सामाजिक सञ्जालको नयाँ अध्याय मेटाभर्सेस सोसल कनेक्सनको नयाँ बाटो हुने बताएइएकाे छ यो एउटा सामूहिक परियोजना हो जुन संसारभरिका मानिसहरूले निर्माण गर्नेछन्। साथै, यो सबैका लागि खुला हुनेछ ।

फेसबुकले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलको एक शृङ्खला ट्विट गर्दै भनेको छ, 'हामीले बनाएका एप्सका नामहरू इन्स्टाग्राम, मेसेन्जर र ह्वाट्सएप त्यहाँ रहनेछन् । यस नयाँ ब्राण्ड अन्तर्गत विभिन्न एप्स तथा प्रविधिहरू ल्याइने छ । तथापि, कम्पनीले आफ्नो कम्पनीको संरचना परिवर्तन गर्ने छैन। ' सीईओ मार्क जुकरबर्गले नयाँ नाम मेटाभर्स निर्माणमा ध्यान केन्द्रित हुने बताएका छन्।