धनकुटाको चौबिसे गाउँपालिकामा पहिरोले  घर पुरिदा ६ जनाको मृत्यु भएको छ । गाउँपालिकाको १ नम्बर वडाको  छ नम्बर बुधबारे स्थित गढेरीमा  पहिरोले भिमबहादुर श्रेष्ठको घर पुरेको  जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी दिपक कुमार रायले बताएका छन् ।


उनका अनुसार गयराती अन्दाजी १२ बजे पहिरोले श्रेष्ठको घर पुरिदा घर भित्र सुतिरहेका ६० वर्षीय भिमबहादुर,  ९ वर्षीय नाति बिनोद, ५ वर्षीया नातिनी निर्जला र दमक बाट पाहुना आएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र  ७ वर्षीय दिप्सन श्रेष्ठको मृत्यु भएको हो । 


पहिरोमा परि अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ११ वर्षीय सन्जल श्रेष्ठ, २८ बर्षिया चन्द्र कुमार श्रेष्ठ, ३३ वर्षीय उषा श्रेष्ठ, ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठ रहेका छन् । 


जसमध्ये भेषबहादुर , लीला र गणितकुमारीको अवस्था गम्भीर रहेको डिएसपी रायले बताएका छन्  । घाइतेहरूलाई हेलिकप्टर मार्फत उपचारका लागि लैजाने तयारी भइरहेको बताएका छन् ।