अविरल वर्षाका कारण  धरान १३  नागेश्वर मार्गमा पहिरो खस्दा पुरिएका दुई बालबालिका मृत फेला परेका छन् । 


आज दिउसो पौने २ बजे घर माथिबाट पहिरो खस्दा निशान राईको  १ तले टिनको छाना भएको घर पुरिदा घर भित्र रहेका  ८ बर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई समेत पुरिएका थिए ।


घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटिएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुई बै बालबालिकालाई मृत अबस्थामा फेला पारेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।