धरान १३ मा पहिरो खस्दा पुरिएर २ बालबालिका वेपत्ता भएका छन । 

सुनसरी प्रहरीका अनुसार धरान १३ को नागेश्वर मार्गमा खसेको पहिरोले निशान राईको घर पुरिदा उनका छोरा र छोरी वेपत्ता भएका हुन । 

प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार पहिरो खस्दा राईको टिनको छाना भएको घर पुरिएको छ । सो क्रममा ७ वर्षिया निसु राई र वर्ष ४ का निहान राई वेपत्ता भएको कार्कीले बताए । वेपत्ता भएका दुवैजना पुरिएको हुन सक्ने आशंकामा पहिरो पन्छाउने काम भैरहेको प्रहरीले बताएको छ ।  लगातार पानी परिरहेकाले उद्दार कार्यमा समस्या भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।