इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, अन्य दुई जना घाइते भएका छन् ।
गयराती ९ बजेर ४५ मिनेटमा पश्चिम लाइन जालपा पेट्रोल पम्प नजिक पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित पल्टिएको थियो । मोटरसाइकल पल्टिएसंगै विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १–०२–००३ ह ३०७८ नम्बरको सिटी सफारीले पनि ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मुकेशको मृत्यु भएको धरानको बिपी प्रतिष्ठानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका मोटरसाइकल चालक मुकेशको धरानको बिपी प्रतिष्ठानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको छ । भने, मोटरसाइकलमा पछाडी सवार रहेका रामधुनीकै २२ वर्षीय नवीन सरदार र १८ वर्षीय अबिसेक सरदार समेत घाइते भएको र उनीहरूको उपचार भइरहेको इलाका प्रहरी कार्यालय पकली जानकारी दिएको छ।