धरान । उदयपुरको बेलका नगरपालिका–२ शान्तिनगरका २ वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ ।

स्थानीय विश्वनाथ चन्द्रवंशीका छोरा भरत चन्द्रवंशीको गिदेरी खोलामा डुबेर मृत्यु भएको हो । आईतबार दिउँसोबाट हराएका बालकको शव सोमबार खोलामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खोलामा मृत भेटिएका बालकको शव उनका दाजु सुमन चन्द्रबंशीले भेटेर पानीबाट झिकी घरमा लगेको खबर पाएपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी टोलि घटनास्थल पुगेको थियो ।

टोलिले थप अनुसन्धान तथा कानुनी प्रक्रिया पश्चात बालकको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ ।