वराहक्षेत्र । पत्रकारिताको लागि उर्वर बन्दै गएको वराहक्षेत्रमा पेशाको चुनौती र अवसरको विरुद्धमा पेशागत एकताको लागि नगरका पत्रकारहरुले जोड दिएका छन् ।

बुधवार चतरामा आयोजित पत्रकारहरुको दशै शुभकामना आदान प्रदान कार्यक्रमका नगरका सञ्चारकर्मीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कोशी सम्मान साप्ताहिकका सम्पादक प्रकाशक तथा ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्की, पत्रकार महासंघ सुनसरी सदस्य एवं नेपाल प्रेस युनियन वराहक्षेत्रका सभापति संगम विष्ट, सुनसरी एफएमका स्टेशन म्यानेजर तथा मीडिया नेपालका प्रदेश नं १ अध्यक्ष विजय राउत, यसैगरी नेपाल आदिवासी जनजाती पत्रकार महासंघ नेपाल ( फोनीज)को प्रदेश सदस्य र थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीका महासचिव प्रदिप चौधरीले पेशागत चुनौतीलाई अवसरमा बदल्ने एकताको अर्को विकल्प नभएको बताए ।

विभिन्न सैद्धान्तिक विचारको भएपनि स्थानिय पत्रकारिताको सवालमा आईपर्ने समस्याहरु लाई मात दिन तथा नगरको पेशागत मर्यादित सशक्तिकरणको लागि उनीहरुले साझा धारणा बनाईपर्ने बताए । 

कार्यक्रममा स्थानिय न्यानो अनलाइन टिभीका विश्व र दिनेश राई सञ्चारकर्मीहरु भरौलका लक्ष्मण खड्का, प्रकाशदीप शाली, सबिना र चन्द्रकला खड्का ,सुमन विकल,भविन राउत, दिपक पुरी लगायतको उपस्थिती रहेको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राईको अध्यक्षतामा, कार्यक्रम स्थानिय किरात राई या योक्खाको साकेला पार्कमा भएको थियो ।