धरान । कर्णाली प्रदेशको मुगु जिल्लामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । 

मंगलबार भएको बस दुर्घटनामा घटनास्थलमै २४ जनाको ज्यान गएको थियो भने १४ जनाको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको थियो । हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल र नेपालगञ्जका अस्पतालमा लगिएको थियो ।

सोही क्रममा ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन लामिछानेले जानकारी दिए । उद्धार गरी विमानस्थल पुर्याएलगत्तै चारजनाको र थप चारजनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

कुल १६ जनाको उद्धार गरिएको थियो । मुगुका लागि हिँडेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दुर्घटना भएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन भने बस सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । उक्त बसमा ४५ जना यात्रु रहेको जनाइएको छ ।