धरान । इटहरी अस्पतालमा सुत्केरी भएका महिलालाई इटहरी उपमहानगरले पौष्टिक खाना र कपडा दिएको छ । 

इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रमअन्तर्गत ४, ८, ७, ८, १० र १४ नम्बर वडाका सुत्केरी महिलालाई पोष्टिक आहार दिइएको हो । सुत्केरी महिलालाई घरघरमा भेट गरी स्वास्थ्यकर्मीले परामर्श दिएका छन् । ४ र १४ नम्बरका केही सुत्केरी महिलालाई भने वडा कार्यालयमा भेट गरिएको थियो । 

वडा नम्बर १४ को भेटघाट कार्यक्रममा वडाध्यक्ष रमेश चौधरी पनि सहभागी थिए । इटहरी अस्पतालकी स्टाफ नर्स रीता मण्डलले आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्दै परामर्श दिएकी थिइन् । उनीहरूलाई चामल, दाल, तेल, नुन, अण्डा, नानी र सुत्केरी महिलालाई कपडा दिइएको उपप्रमुख लक्ष्मी गौतमले बताइन् । इटहरी अस्पतालमा सुत्केरी गराउनेको संख्या बढेको बताइएको छ ।