धरान । नेपाल मगर संघको १३ नम्बर वडा समिति गठन भएको छ । 

मंगलबार गठित समितिको अध्यक्षमा सरिता राना मगर सर्वसम्मत चयन भएकी छन् । समितिका अन्य मुख्य पदाधिकारीहरू भने पछिल्ला बैठकबाट मात्रै चयन गरिने भएको छ । त्यस्तै सदस्यहरूमा खिलकुमार मगर, निरु थापा मगर, सुशीला थापा मगर र गंगाबहादुर मगर रहेका छन् । 

magar (2)

नेपाल मगर संघकी जिल्ला कोषाध्यक्ष सीता मगरको प्रमुख उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा सभापति मगर संघका नगर अध्यक्ष चित्रराज थापा मगर रहेका थिए । वडामा मगर संघको सदस्यता लिएकाहरू कम भएकाले विधानअनुसार सदस्य बनिसकेपछि मात्रै पदाधिकारी चयन गरिने नगरका सहसचिव तथा कार्यक्रम सञ्चालक अनिरुद्र थापा मगरले जानकारी दिए ।