धरान । धरानको प्राइभ भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले दशैं शुभकामना आदानप्रदान गर्दै ‘ककटेल र मकटेल’ डिनर कार्यक्रम गरेको छ । 

कलेजमा अध्ययरत विद्यार्थीहरूले तयार पारेका ‘ककटेल र मकटेल’ बारे जानकारीसहित डिनर कार्यक्रम गरिएको हो । कलेजले असोज २२ गतेदेखि २४ गतेसम्म कार्यक्रम गरेको हो । कलेजका विद्यार्थीहरूले विभिन्न जातिको सांस्कृतिक पोशाकमा सजिएर अतिथिको स्वागत गरेका थिए । विद्यार्थीहरूले नेपाली मौलिक परिकारसमेत तयार गरेर अतिथिहरूलाई खुवाएका थिए । कलेजका अध्ययनरत विद्यार्थीहरूले तयार पारेको मौलिक खानालाई प्रस्तुत गर्दै अतिथिहरूलाई खुवाइएको कलेजका संयोजक अनिल श्रेष्ठले जानकारी दिए । 

CK7A7231

धरान उपमहानगरका नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, सशस्त्र प्रहरी बलका डिएसपी कृष्णकुमार श्रेष्ठ, साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत जयराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कलेजका कार्यकारी प्रमुख अभिषेक श्रेष्ठले कलेजले हस्पिटालिटी मेनेजमेन्टतर्फ अतिथि स्वागत, सत्कारदेखि लिएर उनीहरूले तयार पारेका खानाहरू अतिथिहरूलाई चखाइएको बताए । कार्यक्रममा नगर प्रमुख तिलक राईलगायतले शुभकामना दिए । यसैबीच आइतबार साँझ भने पत्रकारहरूसँग भेटघाट गरिएको थियो । त्यसक्रममा केन्ट पयर एण्ड बार टेन्डिङ र गायन प्रस्तुति गरिएको थियो ।