धरान । धरान–१६ सरस्वती मार्गमा शिवपार्वर्तीको मन्दिर स्थापना गरिएको छ । 

स्थानीय लालबहादुर बुढाथोकीले आफ्नै लगानीमा जग्गासमेत प्रदान गरी मन्दिर निर्माण गरेका हुन् । उक्त मन्दिर निर्माण तथा जग्गा गरी करिब ४५ लाख रुपैयाँ निर्माणमा खर्च भएको निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष जयप्रसाद निरौलाले जानकारी दिए । 

दुई वर्षअघिदेखि निर्माण सुरु गरिएको मन्दिरको सनातन धर्म सेवा समिति सुनसरीका अध्यक्ष प्रा.डा. गोपालप्रसाद भण्डारीले उद्घाटन गरे । लालबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा उनले सप्तकोसी आश्रम चतरालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ बराबरको चेक पनि हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. भण्डारीले आफ्नै लगानीमा मन्दिरजस्तो पवित्र कार्य गरेकोमा धन्यवाद ज्ञापन गरे ।