धनकुटा । राष्ट्रिय भूपू सैनिक परिवार धनकुटाले दशैंतिहारलगायतको पर्वको अवसर पारेर शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

नेपाली सेनाको वरखगण सल्लेरीका प्रमुख सेनानी दुर्गाबहादुर थापाको प्रमुख आतित्थ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नहकुल पोख्रेल, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रतिनिधि शिव श्रेष्ठ, शसस्त्र प्रहरी बल छिन्ताङ गुल्मका गुल्मपति रामचन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाका अध्यक्ष सन्तवीर लामालगायतले शुभकामना दिए । राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा एक आपसमा सामाजिक सदभाव, धार्मिक सहिष्णुता कायम राख्ने अतिथिहरूले बताए । धनबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा भूपू सैनिक परिवारको सहभागिता रहेको थियो ।