धरान/दुर्घटनाबाट निधन भएका एक मृतकको परिवारलाई नेपाल लाइफ इन्स्यूरेन्स लिले मृत्यु दाबी भुक्तानी गरेको छ । 

सुनसरीको वराहक्षेत्र नगरपालिका–७ का मृतक बाबुराम पौडेलको परिवारलाई मृत्यु दाबी भुक्तानी बुधबार हस्तान्तरण गरे । पौडेलले ८ वर्षअघि ९० हजार रुपैयाँ बराबरको बिमा गरेका थिए । गत जेठ २६ गते धरान–८ भोटेपुलमा दुर्घटनाबाट मृत्यु भएका उनको पत्नी सावित्रा पौडेललाई कम्पनीले २ लाख २४ हजार ३६३ रुपैयाँ बिमा दाबी भुक्तानी गरेको कम्पनीका धरान शाखा प्रमुख युवराज श्रेष्ठले जानकारी दिए ।