प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । बुधबार दिउँसो आयोगको केन्द्रीय कार्यालय काठमाडौं र बर्दिवासस्थित कार्यालयको टोलीले संयुक्त रूपमा मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो।
प्रदश सरकारद्वारा संञ्चालित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिद तथा बीमामा अनियमितता भएको भन्दै गुनासो आएपछि यस अघि संसदीय समितिले छानबिनका लागि कागजात मागे पनि मुख्यमन्त्रीको कार्यालयले कागजात दिन मानेको थिएन ।
आयोगले छापामारी उक्त कार्यक्रमसँग सम्बन्धित कागजपत्र जफत गरेको बताइएको छ । साइकल खरिदमा ११ करोड हिनामिना भएको आरोप लागेको छ ।