धरान । युनिभर्सल पिस फेडेरेसन (युपीएफ) सुनसरीले विभिन्न क्षेत्रमा योगदान दिइरहेका सातजना व्यक्तित्वलाई मंगलबार सम्मानित गरेको छ । 

धरान ८ स्थित वराह ग्रुपको सभाहलमा शिक्षा, स्वास्थ्य, कृषि, व्यापारलगायत क्षेत्रका सातजना व्यक्तित्वलाई सम्मानित गरिएको हो । त्यसक्रममा शान्तिका विषयमा गोष्ठी पनि गरिएको जिल्ला अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । 

शिक्षा क्षेत्रबाट केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्रमुख दिलकुमार लिम्बू, स्वास्थ्यबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एसोसिएट प्रोफेसर डा. अञ्जु प्रधान, व्यापारबाट वराह ग्रुपका अध्यक्ष शिव लामिछाने छन् । त्यस्तै सहकारीबाट झरना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर मगर, सामुदायिक शिक्षाबाट पब्लिक हाइस्कुलका प्रधानाध्यापक इन्द्रमोहन झा, मिडियाबाट निलिफा सुब्बा, किसानबाट सुकबहादुर लिम्बूलाई सम्मानित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

सम्मानित व्यक्तित्वलाई युपिएफका एसिया प्यासिफिक अध्यक्ष एकराज ढकाललगायतले सम्मानित गरे । ढकाल पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री पनि हुन् भने हालका सांसद पनि हुन् । उनले युपीएफ नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा शान्तिका लागि प्रमुख भूमिका निर्वाह गरिरहेको दाबी गरे । 

कार्यक्रममा पूर्व प्रदेश १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ यूपीएफ नेपालका महासचिव विनोद डागी, भाषाविद् प्राडा. टंक न्यौपाने, युपीएफका प्रदेश १ सचिव राम लिम्बू, यूपीएफ सुनसरीका सल्लाहकार विक्रमश्रि, अर्का प्रमुख सल्लाहकार एवम् ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्की, शान्तिदूत डम्बर तुम्बापोलगायतको उपस्थिति रहेको थियो ।