विजयपुर /धरान–१७ मा सोमबार सम्पन्न सुँगुर कप फुटबल प्रतियोगिताको उपाधि नेभर माइन्ड फुटबल क्लबले जितेको छ । 

सोमबार सम्पन्न फाइनल खेलमा नेभर माइन्ड एफसीले नमस्ते युवा क्लबलाई ३–० गोलले हराउँदै उपाधि जितेको हो । जितका लागि कप्तान प्रनिस राईले २ गोल गर्दा दीपिन राईले एक गोल गरेका थिए । उपाधिसँगै नेभर माइन्डले नगद २१ हजार र उपविजेता नमस्ते युवा क्लबले नगद १० हजार रुपैयाँ पाएको छ । 

फाइनल खेलका म्यान अफ दी म्याच र सर्वोत्कृष्ट खेलाडी नेभर माइन्डका प्रनिस राई घोषित भए । त्यस्तै बेष्ट मिडफिल्डर नमस्तेका पवन तामाङ घोषित भए । प्रतियोगितामा बेष्ट डिफेन्स प्रज्ज्वल थापा, बेष्ट स्ट्राइकर मार्टिन राई, बेष्ट कोच जोसन राई, बेष्ट किपर सन्तोष कार्की, राइजिङ प्लेयर विकेन राई र सर्वाधिक गोलकर्ता मार्टिन राई घोषित भए । 

भदौ ३० गतेबाट सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी रहेको समूहका अध्यक्ष अमिन राईले जानकारी दिए । प्रतियोगिताका विजेता र उपविजेता तथा व्यक्तिगत पुरस्कार विजेता खेलाडीलाई धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी, युवा नेता अर्जुन लिम्बू, एमाले नेता मुरारी सुवेदी, लहरु जिमीलगायतले पुरस्कार वितरण गरे ।

यसैबीच समूहले ब्लाष्टकर्मी खिलानाथ विश्वकर्मासहित विभिन्न मिडियाका सञ्चारकर्मीलाई पनि सम्मानित गरिएको थियो ।