धरान । प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगितामा च्याम्स, एफबिसी, मितेरी र ग्याटिस टिम अन्तिम चारमा प्रवेश गरेका छन् । 

सोमबार सम्पन्न प्रिक्वार्टर र क्वार्टर फाइनलका खेलबाट च्याम्पस, एफबिसी, आयोजक मितेरी र ग्याटिस टिम सेमिफाइनलमा पुगेका हुन् । क्वार्टर फाइनल खेलमा च्याम्पसले कम्ब्याट टिमलाई ४–१, मितेरीले एफएफसिलाई ४–१ र ग्याटिसले जिजिएफसिलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै एफबिसी र चेल्सि वि टिम निर्धारित समय सम्म वरावर दुई दुई गोल भएपछि टाइव्रेकरमा २–१ गोल अन्तरले पराजित गरेको हो ।

मङ्गलबार सेमिफाइलन र फाइनल खेल हुने मितेरी फुटसलका संचालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी दिए । प्रतियोगिता विजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने जनाइएको छ । प्रतियोगितामा ३६ वटा टिम सहभागी बनेका थिए ।