वैदेशिक रोजगारीको सिलसिलामा विगत १५ वर्षदेखि इजरायललाई कर्मथलो बनाएकी भोजपुरे सुनिता गुरुङ यहाँको नेपाली समुदायमा मनकारी र सहयोगी व्याक्तित्वका रुपमा सुपरिचित छिन् । मानव भएर जन्मिएपछि आफ्नो लागि मात्रै नभएर अन्यको लागि पनि कर्म गर्नुपर्छ भन्ने धारणा राख्ने गुरुङले अहिलेसम्म व्याक्तिगत रूपमा ३० लाख रुपैयाँभन्दा बढी समाजसेवाको नाममा योगदान गरेकी छन । 

सहयोगी, मिलनसार तथा मिहिनेती गुरुङले पन्ध्र वर्षे आफ्नो प्रवासी जीवनमा नेपाली रुपैयाँ सत्तरी लाख बढी रकम संयोजन/व्यवस्थापन गरेर समाजको जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गरेकी  छन् । समाजसेवी गुरुङले प्रवासमा दुःख गरी कमाएको रकमबाट नेपालका विभिन्न स्थानहरुमा समाजसेवा, सहयोग तथा दुःखमा परेका नेपाली लाइ निरन्तर सहयोग गर्दै आएकी हुन् ।

समाजसेवामा रुचि भएकी गुरुङ  आफ्ना लागि त सबै जना बाचेकै छन् तर मनकारी मानिस अरुका लागि बाच्न सकौं भन्ने उदेश्यका साथ समाजसेवामा लागेको बताउँछिन् ।  प्रवासी भूमि इजरायलमा रहेर पनि आफ्नो जन्मभूमिका लागि निरन्तर आफ्नो कमाई खर्चिदै आएकी छन् । 

आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरुलाई विषेश सहयोग गर्दै आएकी गुरुङले आफुले अध्ययन गरेको धरान स्थित श्री शिक्षा सदन मा.बिको भवन निर्माण निर्माणका लागि आर्थिक सहयोग गरेकी छन् । 

त्यससँगै नमुना अध्ययन घर कैलालीमा अक्षकोष  कोषलाई पच्चिस हजार आर्थिक सहयोग गरेकी छन् । मोरङको  बेलवारी  स्थित सुकुम्बासी बस्तिका पीडित बालबालिकाहरुलाई २० हजार,नेपाली दूतावास इजरायलको समन्वयमा नेपालमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री पठाउन सहयोगको लागि पचास हजार, सिन्धुपाल्चोक बाढी पीडितलाइ पचास हजार , पत्रकार रबि लामिछानेको पहलमा संचालित  जनमैत्री  हस्पिटललाइ बीस हजार,सहयोग उपलब्ध गराएर इजरायलको नेपाली समुदायमा एक उदाहरणीय समाजसेवीको पहिचान बनाएकी छन् । गुरुङकै ब्यक्तिगत सहयोगमा  कैलालीको  सुकुम्बासी बस्तीमा २ वटा चर्पी निर्माण समेत गरेकी  छन् ।

हाम्रो टिम नेपालद्वारा संचालित काठमाडौंमा बन्दै गरेको बिरामी कुरुवा घरको लागि ५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी छन्  । त्यस्तै पत्रकार राजन नेपाल द्वारा निर्मित हस्पिटल बीस  हजार, अतरिया बालगृहको लाग ५० हजार बराबरको सामग्री सहयोग, बन्दको बेला खानाबाट बन्चित कैलालिका मजदुरलाइ खाना खुवाउन  २० हजार ,सहयोग उपलब्ध गराएर एक मनकारी सहयोगी व्याक्तित्वको परिचय कायम गर्न सफल भएकी छन्  ।

एनआरएनए इजरायलको बर्तमान  उपाध्यक्ष समेत रहेकि गुरुङको बिचारमा जीवनमरणको दोसाँधमा रहेका र आर्थिक अभाव कारण उपचार नपाएका पीडितहरुलाई सहयोग गर्नु सच्चा सेवा हो । समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन लाग्ने समूह, संस्था वा ब्यक्तिहरुलाई सहयोग गर्नु परिणाममुखी रहने उनको बिश्वास छ । मनकारी सामाजिक व्याक्तित्व सुनीता गुरुङको सामाजिक सेवाको अभियान अझ प्रभावकारी बनोस हाम्रो शुभकामना छ ।