वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतरामा असोज १० गतेदेखि प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता गरिँदै छ । 

प्रतियोगितामा तीन जिल्लाका ८ वटा टिम सहभागी हुने चतरा फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ । आयोजक चतरा फुटबल क्लब, ग्रीन कल्चर फुटबल क्लब, पञ्चकन्या फुटबल क्लब बेलका, जेएसवाईसी मोरङ, हाटखोला फुटबल क्लब, राजावास फुटबल क्लब, इटहरी फुटबल क्लब, एभरेस्ट फुटबल क्लब भिडन्त गर्दै छन् । 

विजेताले नगद ४५ हजार र उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष राजकुमार राईले बताए । त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, रक्षापंक्तिका खेलाडीलाई पुरस्कार दिइने भएको छ ।