विराटनगर । विराटनगर – १३ स्थित ताजुल इस्लाम नमुना आधारभूत विद्यालय ( मदरसा) का व्यवस्थापन समितिका अध्यक्ष हैदर अलीले किर्ते हस्ताक्षर गरेर शिक्षक नभएकालाई प्रधानध्यापकमा नियुक्ति गरेर लाखौं रूपैयाँ हिनामिना गरेको पाइएको छ । 

अलीले एक्लौटि तरिकाले विद्यालयको लेटरप्याट दुरूपयोग गरि किर्ते हस्ताक्षर संकलन गरेर शिक्षक नभएका मो. जाविदलाई प्रअमा नियुक्ति गरेर मदरका लाखौं रुपैयाँ हिनामिना गरेको पाइएको हो ।

अलीले २०७६ साल चैतमा मदरसामा मो. जाविदलाई नियुक्ति गरेको खुलेको छ । अध्यक्ष अलीले व्यवस्थापन समितिको अन्य सदस्यहरू, विराटनगर १३ का वडाअध्यक्ष झरीलाल महतोसमेतको किर्ते हस्ताक्षर गरेर मदरसाको प्रअमा नियुक्ति गरेका हुन् ।

अलीले किर्ते हस्ताक्षर संकलन गरेर प्रअमा नियुक्ति भएको पत्र र व्यवस्थापन समितिको निर्णायको पत्रको आधारमा विराटनगर महानगरपालिकाको शिक्षा शाखाले २०७७ सालको असार ३० गते म. जावेदलाई नियुक्त गरेको थियो ।

गैर कानुनी तरिकाले प्रअमा नियुक्ति भएपछि म. जावेद र व्यवस्थापन समितिका अध्यक्ष हैदर अलि मिलेर मदरसामा आएको अनुदान रकम र १२ जनाको शिक्षक तलब पनि हिनामिना गरेको पाइएको छ । जावेद र अली मिलेर मदरसाको १० लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । अली र जावेदले लाखौं रूपैयाँ हिनामिना गरेपछि १२ जना शिक्षकले दुई वर्षदेखि तलब नपाएको मदरका शिक्षक सम्सतबरेजले जानकारी दिए । 

व्यवस्थापन समितकिा बहुमत सदस्यहरुले अलीलाई व्यवस्थापन समितिको अध्यक्षबाट २०७६ सालको माघ ११ गतेको निर्णायबाट हटाएको थियो । तर, पनि अली र जावेदले एकलौटी तरिकाले विद्यालयको लाखौं रुपैयाँ हिनामिना गरेको मदरका शिक्षकहरु बताउँछन् । किर्ते हस्ताक्षर प्रयोग गरेर लाखौं रुपैयाँ हिनामिना गरेपछि व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरू मिलेर अहिले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । समितिले अली र जावेद विरूद्ध अदालतमा ‘किर्ते जालसाद र आर्थिक हिनाहिना’ मुद्दा दायर गरेको छ । यो मुद्दा अदालतमा बिचारधिन रहेको छ । 

यसरी किर्ते हस्ताक्षर प्रयोग गरि विद्यालयको लाखौं रुपैयाँ हिनामिना गरेको वडा कार्यालय, विराटनगर महानगरपालिकाको शिक्षा महाशाखा र स्थानिय प्रशासनलाई जानकारी गराउँदा पनि चासो नदेखाएको शिक्षकहरू बताउँछन् ।

‘हैदर अली र मा. जावेदले किर्ते हस्ताक्षर गरि विद्यालयको लाखौं रूपैयाँ हिनामिना गरेको प्रमाण सहित उजुरी गर्दा पनि सम्बिन्धित निकायले ध्यान नदिएपछि हामीले अदालतको साहरा लिन बाध्य भयौ,’ शिक्षिका रम्भा पण्डितले भनिन्, ‘प्रशासनबाट नपाएको न्याय अदालतबाट पाउनेमा हामी आशाबादी छौं ।’ कक्षा आठसम्म पढाइ हुने उक्त विद्यालयमा १ सय ३५ जना विद्यार्थी अध्ययरत विद्यार्थी छन् ।

यता विराटनगर १३ का वडाअध्यक्ष झरीलाल महतोले निस्काशित अध्यक्ष अलीको बैठकमा आफु नगएको र कुनै पनि निर्णायमा हस्ताक्षर नगरेको बताएका छन् ।

‘गत जेठ २ गते मदरसाको नाममा पत्र काटदै वडा अध्यक्ष महतोले भनेका छन्, ‘बैठकको निर्णाय पुस्तिकामा मेरो हस्ताक्षर रहेको भन्ने बुझिएकोमा मैले हामसम्म उक्ति पुस्तिकामा सक्कल देख्न नपाएको र सोको छायाप्रति हेदा उक्त मेरो नाममा भएको कही हस्ताक्षर मेरा नभएको भन्ने कुरामा म विश्वसत छु ।’

 

मुद्दा परेपछि जावेद र हैदर फरार 

अदालतमा मुद्दा परेपछि मा. जाविद र हैदर अली अहिले फरार भएका छन् । उच्च अदालतमा उनीहरू विरुद्ध मुद्दा परेपछि फरार भएका हुन् । उनीहरू अहिले सम्पर्क बिहीन भएका मदरसका शिक्षकहरु बताउँछन् । 

फरार भएका मा जाविदको नेपाल र भारत दुवै देशको दोहोरो नागरिकता पनि लिएको खुलेको छ । विराटनगर – १७ मा बस्दै आएका जाविदले १७ वर्षको उमेरमा २०६२ चैत २८ गते वंशजको नागरिता लिएका थिए ।

नेपाली नागरिकता नम्बर ७८६७१ रहेको उनले भारतीय नागरिकता पनि त्यागेका छैनन् । भारतीय मतदाता परिचय पत्र नम्बर ७१६ रहेको छ । मतदाता हेल्पलाइनमा उल्लेख भएको बिबवरण अनुसार मा. जाविदको भारतको विहार राज्य, अररिया जिल्ला फारविसगंज निर्वाचन केन्द्र तोकिएको छ ।

उनको घर अररिया जिल्लाको फारविसगंज र जोगवनीमा पनि घर रहेको छ । यहाँ विराटनगर १७ इलास्मपुरमा चार कठ्ठा जग्गा रहेको देखिएको छ ।