सुनसरी । सुनसरीको बरहा नगरपालिका ११ स्थित मधुवनमा हात्ती आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । स्थानीयले दिएको जानकारी अनुसार सोमबार दिउँसो खेतमा घाँस काट्न गएकी सोही स्थानकी मगनी खत्वेको कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीको आक्रमणबाट उनको ज्यान गएको हो ।
हात्ती आक्रमणबाट एकजना महिलाको मृत्यु भएको भन्ने खबर पाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजयसिंह थापाले पुष्टि गरे । घटनास्थल प्रहरी टोलिले पठाइएको उनले बताए ।