गत भदौ १३ र १४ गते भएको पहिरेका कारण विस्थापित भएको स्थनकाे स्थलगत अवलोकन गर्ने क्रममा नगरप्रमुख र उपप्रमुखमाथि हातपात भएको छ । 

करिब २० दिन अघि गएको पहिरोको स्थलगत अवलोकन गर्न पुगेका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख उपप्रमुख माथि हातपात भएको हो । उपमहानगरको ज्याेतिनगरमा पहिरोको कारण १० घर पुरिनुका साथै भएका थिए भने ६० भन्दा बढी घ विस्थापित भएका थियो । 

नगर कार्यपालिकाको बैठकले पहिरो गएको स्थानमा प्राविधिक खटाउने निर्णयपछि नगरप्रमुख शिवराज सुवेदी , उपप्रमुख गुमादेवी आचार्य , प्रहरी टोलीसहित प्राविधिक टिम  उक्त स्थानमा पुगेको थियो । टोली पुग्नासाथ आक्रोशित भिडले उनीहरूमाथि आक्रमण गरेको उपप्रमुख आचार्यले बताइन् ।
उनले भनिन् ' पूर्व योजना तयारी गरेर आक्रमण गरेको जस्तो देखिन्छ । अपशब्द बोल्दै हामीमाथि एक्कासि हातपात गर्‍यो। मलाई चोट लागेको छैन । मेयरलाई चाहिँ सामान्य चोट लागेको छ। घटनाको थप अनुसन्धान त होला नै । '

पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर हातपात गरेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुवँरले बताए ।