कोरोना महामारीका कारण बन्द रहेको धरानको फ्रेन्स गार्डेन पुनः सञ्चालनका आएको छ ।  विगत ४र५ महिना देखी बन्द रहेको  फ्रेन्स गार्डेन शनिबारबाट सञ्चालनमा आएको हो । 

धरानमा भइरहेको 'मिस लुमियर नेपाल २०२१' का टिमलाई स्वागत तथा सम्मानको कार्यक्रम आयोजना गर्दै होटललाई पुनः सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा सञ्चारकर्मी, इभेन्ट  अर्गनाइजर, ताईवान बुद्धिस्ट एसोसिएसन नेपालका प्रतिनिधि तथा समाजसेवी समेत रहेका दिपेन्द्र राज शाक्यको पनि विशेष सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा मिस लुमियर नेपाल २०२१ को आयोजक संस्था 'एमसी ग्ल्यामर इन्टरटेन्मेन्ट ' कि अध्यक्ष सरला श्रेष्ठ र कोरियोग्राफर सिम्रन श्रेष्ठ सँगै प्याजेन्टका प्रतिष्पर्धीहरुको पनि उपस्थिति रहेको थियो । 

दुइ चरणको लकडाउनका कारण  १ वर्ष भन्दा बढी समय लकडाउनका कारण बन्द रहँदा होटल व्यवसायले पनि ठुलो क्षति बेहोर्नु परेको छ  । महिनौँसम्म बन्द भएपछि कतिपय होटलहरु सदाका लागि बन्द भए भने अन्य होटलहरु यति बेला एकपछि अर्को गर्दै पुनः सञ्चालनमा आउन थालेका छन् ।