आज असोज १ गते अर्थात कन्या संक्रान्ति निर्माणका देवता  प्रविधि उत्पादन तथा अध्ययनका विद्वान विश्वकर्मा बाबाको पूजा गरी मनाइएको छ । 

242088598_2879549485642077_969974971683216184_n

आजको दिन विभिन्न उद्योग कलकारखना, कार्यालय, तथा विश्वकर्म मन्दिरमा गई उत्पादनमा प्रयोग भएका धातुजन्य यन्त्र, उपकरण तथा सवारी साधनको पूजा गर्ने गरिन्छ । धरान ८  तीनकुनेस्थित कोशी राजमार्गसँगै रहेको विश्वकर्मा बाबाको मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुँइचो थियो । 

242150437_1048000009351749_1128926998412129537_n

मन्दिरमा  पूर्वीय जिल्लाहरूबाट नयाँ तथा पुराना सवारी साधन ल्याई तिनको पूजा  गर्ने गरिन्छ । यसरी गरीने पूजाबाट विश्वकर्मा बाबा प्रशन्न भई औजार उपकरण, तथा सवारीसासाधनबाट हुने दुर्घटनाबाट बच्नुका साथै त्यसबाट कुसलता पूर्ण उत्पादन हुनुका साथै सिर्जनात्मकताम वृद्धि हुने विश्वास रहेको छ । 

242165279_541895957026580_6983234008935354754_n

ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकले पनि आफ्नो छापाखाना तथा कार्यालयका भएका उपकरणहरूको पूजा गरेको छ । पूर्व क्षितिज प्रकाशन प्रालिबाट प्रकाशित हुँदै आएको ब्लाष्टले २७ औं वर्षमा आफ्ना कर्मचारीबाट पहिलोपटक विश्वकर्मा पूजा गरेको हो । 

2 2

3 2

8

7