भरौल :बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ५ कालाबंजरमा अबस्थित श्री जगन नाथ डेड राज माध्यमिक स्कुलले बुधबार स्व. टंक बहादुर भट्टराईको सालिक अनावरण  गरेको छ भने जेहेन्दार विधार्थिहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर स्कुललाई २० विघा जमिन   हस्तान्तरण कार्यक्रममा अहम भूमिका प्रदान गरेकोले स्कुलले स्व.भट्टराईको सालिक अनावरण  गरेकाे हाे भने साेही त्नौँरफममा  जना जेहेन्दार विधार्थिहरुलाई छात्रवृत्ति प्रदान  गिरएकाे हाे । 

स्व. भट्टराई साविक भरौल ७ घर भई हाल बराहक्षेत्र ४ मा बसोबास गर्ने स्थानीय वासिन्दा हुन् । पहिला पहिला त्यति मान्छेहरु शिक्षित थिएन स्कुल संचालन गर्न निकै गारो हुने गर्थ्यो । जग्गा संकलन गर्न विभिन्न राजनीति कर्मि लगायतहरु सग लडेर भरौलको जनजाति आदिवासी थारु समुदायहरु बस्तिहरु सग सहकार्य गरेर  मिलाएर भट्टराईले जग्गा जडेज स्कुलको नाममा हस्तान्तरण गरेको स्व. भट्टराईको छोरो सेफ द अर्थ सुनसरी अध्यक्ष पुष्प भट्टराईले  जानकारी गराए । 

स्व. भट्टराईको   नाममा १ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरेको थियो । यो कोषले प्रत्येक वर्ष जेहेन्दार गरिव विधार्थिहरुलाई प्रदान  गरिएको हो । 

आवरण कार्यक्रममा पदम दम्पती जेहेन्दार कक्षा ११ का पाँचजना विधार्थिहरु क्रमशः युनिशा राउत, योगेश चौधरी, दुर्गा वि. क. विधा बुढाथोकी र सुरुचि यादवलाई कदर पत्र तथा नगद रु ५ हजार १ सय ५५ रुपैयाँले  सम्मानित गरिएको थियो । 

गिता तिमल्सिना लाई कदर पत्र तथा नगद  ६÷६ हजारको दरले सम्मानित गरिएको थियो भने शुकरा जेहेन्दार छात्रवृत्ति तर्फ दुई जना कक्षा ११ र १२ क्रमशः सोनु राई र अस्मिता महत गरि जम्मा  नौँ लाई स्कुलले राष्ट्रिय शिक्षा दिवसको अवसरमा कदर पत्र र नगद रु ६÷६ हजार बाट सम्मानित गरिएको थियो ।