झापा । साहसिक रियालिटी शो यामाहा एफजी हिमालय रोडिज सिजन ४ को अडिसनका लागि टिम बिर्तामोडमा आएको छ ।
रियालिटी शोका जर्ज आशिष राना लाहुरे र मार्केटिङ मेनेजर प्रशान्त राजभण्डारी झापा आएका हुन् । इटहरी, बिराटनगर र धरानपछि आइतबार टिम बिर्तामोड आएको हो ।
उक्त रियालिटी शो फिजिकल तथा साहसिक कार्यलाई ध्यानमा राखेर प्रतिस्पर्धा गराइने जनाइएको छ । कोरोना कहरका कारण डिजिटल फर्म भरिएको लाहुरेले बताए । अहिलेसम्म एकहजार ८ सय बढिले फर्म भरेको उनले बताए । प्रतिस्पर्धीले २ मिनेटको भिडियो र फर्मको आधारमा प्रस्पिर्धी छनौट हुने उनले बताए ।
'त्यसरी छनौट भएका मध्येबाट गेम शुरु शुन्छ’ लाहुरेले भने ‘त्यस प्रस्पिर्भाबाट छनौट पहिलो हुनेलाई नगद २० लाख पुरस्कार र यामाहाको मोटरसाइकलबाट पुरस्कृत गरिने छ ।’ उनले नेपालभर रहेका १५ वटा यामाहा शोरुममा ग्याङ लिडरहरु गएको बताए ।