धरान । धरान–१५ को एभरेष्ट वातावरण सामुदायिक महिला सङ्घको चौथो अधिवेशनले याङ्ला लामा लम्सम्बाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
आइतबार सम्पन्न अधिवेशन तथा १२ औं वार्षिक साधारणसभाले समितिको उपाध्यक्षमा ज्योति लिम्बू, मुना खापुङ, सचिवमा कुमारी नाछिरिङ राई, सहसचिवमा चम्पा कटुवाल र कोषाध्यक्षमा तुलसा श्रेष्ठ ‘मीना’ लाई चयन गरेको छ । २१ सदस्यीय समितिको सल्लाहकारमा प्रेमप्रकाश लिम्बू, जितबहादुर श्रेष्ठ र कुमार श्रेष्ठ छन् । त्यस्तै महिला सल्लाहकारमा निवर्तमान अध्यक्ष दिलकुमार राई, गीता अधिकारी, दिलु राई र रीना लिम्बू श्रेष्ठ छन् ।
धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारमको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङ, सल्लाहकार प्रेमप्रकाश लिम्बू, जितबहादुर श्रेष्ठ, कुमार श्रेष्ठ र हरिकुमार राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सञ्चालन सहसचिव कुमारी नाछिरिङ राईले गरेकी थिइन् ।