थारु चलचित्र तथा सास्कृतिक संघ सुनसरीले समिति विस्तार तथा पदस्थापना गरेकाे छ । यस अघि ९ जनानकाे सदस्य सहितकाे कार्य समिति रहेकाेमा त्यसलाई विस्तार गरी विधान अनुरूप १३ जना जनाकाे समिति बनाएकाे महासचि प्रदिपकुमार जस्मितले बताएका छन् ।
उनका अनुसार पुरानाे समितिका केही पाधिकारीकाे व्यस्तताका कारण पदस्थापना गर्नुका साथै समिति विस्ताका क्रममा २ बटा पद सिर्जना भएकाेले पद पुर्ति समेत गरीएकाे छ । यसरी बिस्तार भइ सिर्जान भएकाे पदहरूमा उपाध्यक्ष र सहसचिव क्रमशः पाण्डव चौधरी र अर्जुन चौधरी रहेका छन् । भने महासचिवमा जस्मितलाई पदस्थापना गरिएकाे बताएका छन् ।
कार्यक्रममा पदस्थापना तथा पद विस्तार गरी सिर्जना भएकाे पदमा पदस्थापना भएका पदाधिकारी तथा नयामँ सदस्यहरूलाई कार्यक्रमको प्रमुख अतिथि थारु चलचित्र तथा सास्कृति संघ केन्द्रीय अध्यक्ष, नायक तथा म्याजिक हल रामधुनिका निर्देशक प्रशुराम चौधरी, थारु चलचित्र तथा सास्कृति संघ केन्द्रीय उपाध्यक्ष रेणुका चौधरी, सस्थाकी अध्यक्ष जानकी चौधरी, फोनिज सुनसरी अध्यक्ष धिरेन्द्र चौधरी लगायतले कदर पत्रले सम्मानित समेग गरिएकाे थियाे ।