धरान  । पार्किङ्गले सधै अस्तव्यस्त हुने धरानको घण्टाघर उत्तरतर्फको सडकमा केही महिनाअघिसम्म टेम्पो र मोटरसाइकलहरु भरिभराउ हुन्थे । खाली भएको दिन फुटपाथ व्यापारीहरुका सामानले ढपक्कै सडकको पेटी ढाक्थ्याे । साघुराे बाटाे टेम्पु र माेटरसाइकलकाे पार्किङ्ग स्थल बनेपछि त्यहाँबाट पैदल हिड्न समेत  निकै कठिन  हुन्थ्याे  ।

 अहिले तपाईं त्यहाँ पुग्नुभयो भने त्यहाँको सौन्दर्य देखेर अचम्म पर्नुहुनेछ । अचम्ममा नपर्नुहाेला, त्याे हाे भानु पार्क । चिटिक्क परेका गमलामा धुपीका हरिया विरूवा बस्नकालागी फलामाका फलैँचा, रमाउन, टिकटक बनाउन र सेल्फि लिन आकर्षक प्रेमकाे प्रतिक मानिने  हार्ट सेप । त्यति मात्र हैन  पछाडी रहेकाे धरानकाे पुराेना र पर्यटकिय गन्तव्यका तस्विरहरूले आकर्षक बनाएकाे पार्कमा कसैकाे प्रतिक्षा गर्ने, सुस्ताउने र सेल्फी खिच्नेहरुको भिड लाग्ने गरेकाे छ ।  त्यहाँ बनाएका  टिकटक  भिडियाेहरू यतिबेला समाजिक संञ्जालमा भइरल बनिरहेका छन् । 

1

स्थानीयबासी तथा २ नम्बर वडा कार्यालयको पहल तथा लागतमा बनेकाे उक्त पार्कले  जीर्ण र अव्यवस्थित सडकलाइ नया स्वस्प प्रदान गरेकाे छ ।  जीर्ण  सडकलाई आरसिसि व्यावस्थित बनाइएपछि । घण्टघरकाे पेटीसंगै टासेर बनाइएकाे पार्कमा अहिलेपनि भिडभाड त हुन्छ, तर सवारीसाधन र व्यापारीको होइन ।  पार्कमा रमाउने, सुस्ताउने र प्रतिक्षा गर्नेहरूले भरिभराउ देखिन्छ । 

4

 भानुपार्क एवं घण्टाघर सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश राईका अनुसार कुल २० लाख ७९ हजार ५०५ रुपैया लागतमा पार्क तथा सडक निर्माण भएको छ । उक्त रकममध्ये १० लाख ८१ हजार ५०५ रुपैया उपभोक्ताहरुको लगानी रहेको छ । 

3 1

   

उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले स्थानीयबासीले चाहेमा समाज र ठाउँलाई परिवर्तन गर्न सकिने उदाहरण प्रस्तुत भएको बताए । उनले पनि सबैको साथ सहयोगले सेल्फी रोड बनेको भन्दै अब संरक्षण गर्न पनि चासो दिन आग्रह गरे ।

वडाअध्यक्ष माधवगोविन्द श्रेष्ठले आफुहरु निवार्चित भएर आएपछि सडक निर्माण, पार्क निर्माणमा केन्द्रीत भएर धरानको मुख्य बजार क्षेत्रको सौन्र्दयीकरण गर्न लागेको बताए । उनले भानुचोक क्षेत्रलाई थप व्यवस्थित र सुन्दर बनाउन लागिपर्ने पनि बताए ।