उर्लाबारी । सूर्य बचत तथा ऋण सहकारी संस्थाको २१ औं चुनावी साधारणसभाले आगामी ४ वर्षका लागि पुनः तेजनाथ घिमिरेलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

संस्थाको निर्वाचन तालिकाअनुसार आइतबार भएको निर्वाचन उम्मेदवारको मनोनय दर्तामा अध्यक्षका लागि घिमिरेसहित सबै पदमा आवश्यकअनुसार मात्र दरखास्त परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत कुमार पोख्रेलले समितिको उपाध्यक्षमा नारदमणि नेपाल, सचिवमा गोपालप्रसाद भट्टराई, कोषाध्यक्षमा दीपक भट्टराई तथा सदस्यहरूमा भानुभक्त रिमाल, कुलबहादुर बस्नेत, उमाकान्त न्यौपाने, नेत्रकुमारी भट्टराई, लीलावती अधिकारी र लीलामाया दाहाल रहेका छन् । 

यसै गरी प्रेमबहादुर बोहोरा संयोजक रहेको तीन सदस्यीय आन्तिरिक लेखा समितिमा पनि सर्वसम्मत चयन भएको छ । समितिको सदस्यद्वयमा खगिन्द्रप्रसाद घिमिरे र निर्मला नेपाल निर्वाचित भएका हुन् । सो संस्थाले गत आर्थिक वर्षको खुद मुनाफाबाट १८ प्रतिशतका दरले शेयर सदस्यहरूलाई बोनस वितरण गर्ने अध्यक्ष घिमिरेले बताए ।