काठमाडौँमा विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेज विराटनगरबाट पनि सञ्चालन हुने भएको छ ।

बेलायतको यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू संञ्चालन गर्दै आएकाे यस कलेजले  विराटनगरबाट  शैक्षिक कार्यक्रम सञ्चालनका लागिआवश्यक सबै औपचारिकता पुरा भइसकेको जनाएको छ ।

बेलायतका प्रमुख शहरहरू तथा  हङकङलागायतमा आफ्नै कलेज रहेका उक्त विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएकाे जनाउँदै आईएसएमटीले विराटनगरमा पनि उक्त विश्वविध्यालयबाट सम्वन्धन प्राप्त शैक्षिक कार्याक्रम संञ्चालन गरिने जनाएकाे छ । 

कलेज प्रसासनका अनुसार सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’ले सन्डरल्यान्डलाई बेलायतको नयाँ विश्वविद्यालय मध्ये पहिलो नम्बरमा पर्न सफल बताएकाे थियाे ।

सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’ को ‘बेस्ट स्टुडन्ट्स एक्सपेरियन्स’मा शीर्षस्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसन कै यूरोपियन टिचिङ र्यांकिङमा २०१औं स्थानमा पर्न सफलभएको थियो । सोही विश्वविद्यालयको  शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने आईएसएमटीले जनाएको छ ।

आईएसएमटी कलेज यूनिभर्सिटी अफ सन्डरल्यान्डबाट संबन्धनपाउने पहिलो नेपाली शैक्षिक संस्थासमेत हो ।