कलाकार शम्भु थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो । 

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’नामले परिचित थिए ।

उनको पाटन हस्पिटल ललितपुरमा भेन्टिलेटरमा राखेर उपचार गरिदैँ आएको थियो । 

१८ दिनदेखि उनी उपचाररत थिए । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । उनले थुप्रै चलचित्रमा अभिनय गरेका उनले दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् ।

‘मदन बहादुर हरिबहादुर’मा पनि उनले अभिनय गरेका थिए ।

एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षको उमेरमा थापाको निधन भएको हो । 

थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका  थिए । चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए ।