उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आज साँझ आयोजित स्वागत समारोहमा सहभागी थिए । त्यस अवसरमा संक्षिप्त मन्तव्य दिँदै उनले नेपाल र पाकिस्तानबीचको सघन सम्बन्धको स्मरण गरे । उपराष्ट्रपतिले नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगप्रति आभार व्यक्त गरे । 

यसै अवसरमा आज बिहान यहाँस्थित पाकिस्तानी दूतावासमा आयोजित कार्यक्रममा कार्यबाहक राजदूत अदनान जावेद खानले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएर दूतावासमा कार्यरत सबैमा स्वतन्त्रता दिवसको  शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रपति डा आरिफ आल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देश बाचन गरिएको थियो ।