बेलका नगरपालिकाको रामपुरस्थित शनिबारे हाटमा बेच्न ल्याएको चिप्लेकीरा खाएपछि एकजनाले ज्यान गुमाएका छन् ।
बेलका ९ कमलाबारीका ६१ बर्षीय गणेशबहादुर सार्कीले रामपुर बजारमा बेच्न ल्याएको चिप्लेकीरा खाएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार चिप्लेकीरा खाने क्रममा अड्किएर मृत्यु भएको हो । प्रहरीले चिप्लेकीरा खाएको पुष्टि नभएको बताएको छ ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजबहादुर दाहालले मृत्यु के कारणले भएको भन्ने यकिन नभएपछि मृतक सार्कीको पोस्टमर्टम्का लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको बताए।
रामपुर बजारको साप्ताहिक हाटमा स्थानीय पहाडी क्षेत्रबाट चिप्लेकीरा बिक्रीका लागि ल्याउने गरिएको छ ।
बेलका ६ स्थित जुके खोलाको चिप्लेकीरा समेत बजारमा ल्याउने गरिएको स्थानीय बताउँछन् ।
चिप्लेकीरामा प्रसस्त क्याल्सियम पाइने भएकाले हाडजोर्नीसम्बन्धी रोगीले चिप्लेकीरा खाए छिटो निको हुने अन्धविश्वास रहिआएको छ ।
































