राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राईले रासस समाचार सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रासस प्रदेश नं १ कार्यालय आज सेवाग्राही एवं स्थानीय सञ्चारकर्मीहरूसँगको छलफलमा उनले रासस समाचारको गुणस्तर कायम गर्न आफू लागिपर्ने बताए ।
उनले रासस समाचार सेवालाई समयानुकूल बनाउन पत्रकारको क्षमता र योग्यताको अधिकतम उपयोगको प्रयास गर्ने बताए । महाप्रबन्धक राईले भने, ‘राससलाई सवल तुल्याउन सरकारको पनि सहयोग आवश्यक छ ।’