सुनसरी/ सुनसरीमा ३ दिन मात्रै निषेधाज्ञा थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (साउन २९) गते मध्यरातीदेखि यसअघि थपिएको निषेधाज्ञा सकिने भएपछि थप ३ दिन निषेधाज्ञा लम्ब्याईएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल जानकारी दिएका छन् ।
उनका अनुसार साउन ३० गतेदेखि ३२ गते मध्यरातीसम्मको लागि निषेधाज्ञा थप गरिएको छ । तीन दिन मात्र निषेधाज्ञा थपिए पनि निषेधाज्ञा अन्त्य भने नभएको प्रजिअ ढकालले बताए ।

