सिरहा। सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा खानेपानीको बोतल भित्र फलामको नट भेटिएको छ ।
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ स्थित नन्दनी फुड उधोगद्वारा उत्पादित मेट्रोमिन्ट कम्पनिको सिल गरेको पानीको बोतल भित्र फलामको नट भेटिएकाे हाे । मिर्चैयामा किराण पसलमा एक ग्राहकलाई पानीको बोत्तल दिंदा सिल गरेको पानीको बोत्तल भित्रै फलामको नट भेटिएको पाईएको हो ।
सुद्ध पिउने पानी भन्दै ग्रहकले खरीद गरेर पिउने पानीकाे सिल गरेकाे बातमै यसरी फलामकाे नट भेटीएपछी मेट्रोमिन्टकाे पानीको शुद्धतामाथी प्रश्न उठेको छ ।
किराना पसलमा पानी लिन अएका ग्राहकले पानी उत्पादन गर्ने कम्पनीको लापरवाहीले गर्दा उपभोक्ता स्वास्थ्यमा प्रतिकुल असर गर्ने र कम्पनीको चरम लापरवाहीका कारण आम जनताको स्वास्थ्यमा खेलवाड समेत गरेको आक्रोश व्यक्त गरे । उपभोक्ताको स्वास्थमाथी खेलवाड गर्ने कम्पनिहरुलाई सम्बन्धित निकायले समयमै कारवाही गर्नु पर्ने ती उपभाेक्ताले बताएका छन् ।
सोहि बिषयमा बुझ्दा मेट्रोमिन्ट पानीका एक प्रतिनिधीले आफ्नो कम्पनीबाट पानी उत्पादनमा लापरवाही भएको स्वीकार गरेका छन । उनले भने,‘‘हामिले जानिजानि गरेका हैनौं यसबाट ग्राहकवर्गमा पर्नगएको अशुविधा प्रति क्षमा चाहन्छौं” साथै आगामी दिनमा यस्तो लापरवाही नहुने बताएका छन् ।