पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७९ देखि लागू हुनेगरी कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित, सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पाठ्यपुस्तक परिवर्तन गर्ने तयारी गरेको हो ।

आगामी शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ ।

तीनैवटै कक्षाको पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरिएको हो्। जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले कक्षा ४ र ७ को सबै पुस्तकको छपाइसकिएको बताए ।

कक्षा ४ र ७ का पुस्तक तोकिएका प्रदेशका जिल्लास्थित विद्यालयमा पठाइ रहेका छौँ, उनले भने, कक्षा ९ को कभर राख्न बाँकी छ । केही दिनमै सम्पूर्ण पुस्तकको छपाई पूरा हुने छ ।

त्यसका लागि सात प्रदेशका ७६ विद्यालयमा परीक्षण सुरु गरिएको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार सातै प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षण शुरु गरिएको हो । केन्द्रले एक सातादेखि छनोटमा परेका विद्यालयमा पुस्तक पुर्याउने कामसमेत सुरु गरिएको जनाएको छ ।