विजयपुर/ पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरूले आयोजना गरेको राष्ट्रिय स्तरको अनलाइन प्राविधिक महोत्सव सम्पन्न भएको छ ।

प्राविधकि महोत्सवमा शनिबार सम्पन्न भएको हो । महोत्सव फेसबुक पेज र वेबसाइटबाट प्रदर्शन गरिएको थियो । ३ दिनसम्म सञ्चालन भएको महोत्सवमा थ्रिडी मोडलिङ प्रतिस्पर्धा, कम्प्युटर कोडिङ प्रतिस्पर्धा ‘कोडाथन’, म्याटल्याव सफ्टवेयरबाट मोडलबेस्ड डिजाइनिङ प्रतियोगिता र अन्तरकलेज प्रस्तुति प्रतिस्पर्धा रहेको थियो ।

महोत्सवमा थ्रिडी मोडलिङ प्रतिस्पर्धामा समूह इक्यान,  समूह रक्षक र समुह प्लानर्स मिसन विजेता भएका छन्  भने  दि ओलम्पियन्स समूह पब्लिक च्वाइज जित्न सफल भएको छ । जसमा इक्यान समूह र पब्लिक च्वाइज पूर्वाञ्चल एन्जिनियरिङ क्याम्पसका रहेको छन् भने अन्य २ पुल्चोक क्याम्पसको समूह हुन् । थ्रिडी मोडलिङको विजेताहरूले १० हजार नगद पुरस्कार  र इन्टरनेट प्याकेज पाएका छन् । पब्लिक च्वाइजले ५ हजार नगद परस्कार पाएका छन् ।

कम्प्युटर कोडिङ प्रतिस्पर्धा ‘कोडाथन’ मा ललितपुर इन्जिनियरिङ कलेजका निश्चल शाक्य, ललितपुर इन्जिनियरिङ क्याम्पसकै असिम नेपाल फस्ट रनर अप भएका छन् भने सेकेण्ड रनर अप युनाइटेड  टेक्निकल कलेजका विनित घिमिरे भएका छन् ।  कोडाथानको विजेताले ७ हजार ५ सय रुपैया नगद र इन्टरनेट प्याकेज, कोडआइटी तालिम प्राप्त गरेका छन् । फस्टरनर अपले ७ हजार ५ सय रुपैया नगद र कोडआइटी तालिम प्राप्त गरेका छन् । सेकण्ड रनर अपले ५ हजार रुैपया नगद प्राप्त गरेका छन् ।

म्याटल्याव सफ्टवेयरबाट मोडलबेस्ड डिजाइनिङ प्रतियोगितामा आइओई पुल्चोक क्याम्पसका प्रज्वल कोइराला र नितेश सुब्बा विजेता भएका छन् । इनिजनियरिङ क्याम्पस धरानका रनिस देबकोटा र सडानन्द पनेरु फस्ट रनर अफ भएका छन भने इन्जिनियरिङ क्याम्पसकै मिलन आचर्य सेकण्ड रनर अप भएका छन् । विजेताले ७ हजार ५ सय रुपैया नगद र इन्टरनेट प्याकेज प्राप्त गरेका छन् । फस्ट रनर अपले ७ हजार ५ सय रुपैया नगद र कोडआटी तालिम प्राप्त गरेका छन् । सेकण्ड रनर अपले ५ हजार रुैपया नगद प्राप्त गरेका छन् ।

अन्तरकलेज प्रस्तुति प्रतिस्पर्धाम पूर्वाञ्चल क्याम्पसको समूह विजेता भएको छ । पुल्चोक क्याम्पसका डीसतमको समूह फस्ट रनर अप भएको छ भने सगरमाथा इन्जिनियरिङ क्याम्पसकोसमूह सेकेण्ड रनर अप भएका छन् । यसको विजेताले नगद १० हजार नगद र कोडआइटी तालिम लिन पाउनेछन् । फस्ट रनर अपले ७ हजार ५ सय र तालिमको प्याकेज र सेकण्ड रनरअपले ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

फोटोग्राफीको विजेता र पब्लिक च्वाइज ५ हजार र दराजको तर्फबाट २५ सय बराबरको सपिङ भौचर प्राप्त गरेका छन् । राष्ट्रिय स्पिच प्रतियोगितामा ब्लोेमिङ लोटस यङ्ग्लिस स्कुलका  प्रत्युस ढुङ्गाना प्रथम भएका छन् । फस्ट रनर अप कस्तुभ एकेडेमी काडमाण्डौँकी अवानी अधिकारी भएकी छन् भने पब्लिक च्वाइज जेभियर कलेज काडमाण्डौका रजनीस साहले जित्न सफल भएका छन् । यसको विजेताले १० हजार नगद र फस्ट रनर अप र पब्लिक च्वाइजले ५ हजार नगद प्राप्त गरेका छन् ।

महोत्सवमा विभिन्न विधाका करिब १ हजार जनाको सहभागिता रहेको कार्यक्रमका सह–संयोजक सुदिवभाइ सुवेदीले जानकारी दिए । महोत्सवको समापन कार्यक्रमका प्रमुख अतिथि इन्जिनियरिङ अध्ययन संस्थानका डीन पो. डा. शसीधर राम जोशीले महोत्सवले इन्जिनियरिङका विद्यार्थीको बृद्धि विकासमा सहयोग गरेको बताए ।

कार्यक्रमम २ नं. प्रदेशका कृषि तथा भूमी सुधार मन्त्री शैलेन्द्र शाह, पूर्वाञ्चल क्याम्पस प्रमुख ओमप्रकाश ढकाल, नेपालको पहिलो कम्प्युटर प्रोग्रामर मनीबहादुर शाक्य, पहिलो  महिला एरो इन्जिनियर सुनिरा रेग्मी, रोवटिक्स एसोसिएसन नेपालका अध्यक्ष विकास गुरुङ, नेपाल एष्ट्रोनोमिकल सोसाइटीका (नासो) का अध्यक्ष सुरेश भट्टराईलगायतको उपस्थिति रहेको थियो । डेल्टा २.० नाम दिएको महोत्सवको पूर्वाञ्चल क्याम्पसका ७ इञ्जिनियरिङ विभागका विद्यार्थी समाजले आयोजना गरेको हो ।