काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) ले मिर्गौला प्रत्यारोपण गर्न पाउने भएकी छन्।

घरमै बसिरहेको बेला सास फेर्न गाह्रो भएपछि कलाकार डंगोल अस्पताल भर्ना भएकी थिइन् । 

त्यस क्रममा स्वास्थ्य परीक्षण गर्दा उनका दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेको हो।

उनी १५ वर्षदेखि मिर्गौलाको समस्याबाट पीडित थिइन् ।

उनका भाइ राजु डंगोलका अनुसार परिवारभित्र पर्ने चार–पाँच जना मिर्गौला दिन राजी भइसकेका छन् ।

उनीहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत स्वास्थ्य परीक्षण भइरहेको छ ।

सुरुमा मिर्गौला प्रत्यारोपणका लागि उनलाई भारत लाने तयारी गरिएको थियो ।

नेपालमा मिर्गौला प्रत्यारोपण गर्न हाडनाताभित्रका मानिसले मिर्गौला दिनुपर्ने कानुन छ । अहिले नाताभित्रकै मानिसबाट मिर्गौला पाउने भएपछि नेपालमै प्रत्यारोपण गर्न लागिएको डंगोल परिवारले जनाएको छ ।