कोरोना संक्रमणका कारण यो वर्षको साउनको पहिलो सोमबार पिण्डेश्वर बाबाधाम सुनसान प्रायः देखियो । शिव भक्त बोलबम धर्मावलम्बीले चतराको सप्तकोशीलगायतका जलाशयबाट जल ल्याई साउन महिनाभर प्रत्येक सोमबार रुद्राक्ष्यरण्यलाई अर्पण गर्ने गर्छन् । तर महामारीका कारण यो वर्षको साउनको पहिलो सोमबार पिण्डेश्वर मन्दिर बन्द रह्यो । छिटफुट रुपमा पुगेका भक्तजनले पिण्डेश्वरको मुख्यद्वारबाटै पूजा–अर्चना गरे । साउनको पहिलो सोमबार यस्तो देखियो पिण्डेश्वर बाबाधाम हेर्नुहोस् ।