धरान/ सौन्दर्य प्रतियोगिता मिस पुर्वान्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक बर्ष प्रकाशन गर्दै आएको क्यालेन्डर यस बर्ष ढिलोगरि सार्वजनिक गरेको छ ।  

कोभिडको महामारीले बैशाख महिनाबाट भएको निषेधाज्ञाले गर्दा क्यालेन्डर ढिलो प्रकाशित भएको सिल्भर इन्टरटेन्मेन्टले जनाएको छ । गत बर्ष पनि कोभिडको महामारीको कारण लकडाउन भएपछि क्यालेन्डर प्रकाशन भएको थिएन । यो बर्ष भने निरन्तरताको लागि भएपनि क्यालेन्डर निकालिएको आयोजकले जनाएको छ ।

२०७६ पुष ५ मा आयोजित मिस पुर्वान्चलको दसौं संस्करण पछि कोभिडकै कारणले गत बर्ष पनि प्रतियोगिता आयोजना हुन सकेन । यो बर्ष पनि प्रतियोगिता अनिश्चित नै छ। कोभिडको जोखिम पुर्णरुपमा कम भएर स्थिति सामान्य भए मात्र कार्यक्रम आयोजना गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।  

कोभिडको कारण औपचारिक कार्यक्रम विना मिस पुर्वान्चल क्यालेन्डर २०७८ सार्वजनिक गरिएको छ । मिस पुर्वान्चल २०१९ का बिजेता रिजु भट्टराई, फर्स्ट रनर अप एन्जल राई र सेकेन्ड रनरअप सिमरन लिम्बु र प्रतियोगीहरु अनुशा लिम्बु, शशी बिशंखेको तस्बिरहरु उक्त क्यालेण्डरमा संग्रहित छन् । 

ईमी मेकअप स्टुडियोको मेकअप र मिलान्ज स्टोर, ड्रेसेसरिज नेपाल, पुर्बेली ढाका टोपी ट्रेडर्स र ग्रेसियस बुटिकका बिभिन्न पहिरनमा सुन्दरीहरु सजिएका छन् भने फोटोग्राफर रोजेश शाक्यको फोटोग्राफी रहेको छ । यो क्यालेन्डरमा १२ महिनामा १२ वटा मोडलिंग फोटोहरु संग्रहित छन्।