संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–७ सिम्लेमा पहिरोले एउटा घर पुरेको छ ।
गएराति घरमाथिबाट खसेको पहिरोले ३४ वर्षका सुरेश गुरुङको घर पुरेको वडा नम्बर ७ का अध्यक्ष मौसम आले मगरले बताए ।
घर पहिरोले पुरिएपछि सुरेशको परिवार विस्थापित भएको छ । केही दिन अघि सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पनि छत्तिसकुमार कुलुङको घरमा क्षति पुगेको थियो ।
उनको परिवार पनि विस्थापित भएको छ । पहिरोबाट आएको ढुंगाले लागेर घाइते भएका कुलुङको उपचार स्थानीय स्वास्थ्य चौकीमा भएको छ ।
यसैबीच लगातारको वर्षाले संखुवासभाको कोशी राजमार्गको माम्लिङ—पिलुवा खोला सडक र मकालु गाउँपालिकाको नुम—फ्याक्सिन्दामा पहिरो जाँदा सडक बन्द भएको छ ।