निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् ।
कोराना सङ्क्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराई रहनु भएका जोशीको थप उपचारका लागि उनले सो रकम प्रदान गरेका हुन् । उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । आले आज अस्पतालमा पुगी जोशीका छोरी हिमान्सुलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।
कोरोना सङ्क्रमणबाट जोशीको अवस्था गम्भीर भएपछि हेलिकप्टरबाट धनगढीबाट हो । जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।