संखुवासभा । पूर्व राज्यन्त्री तथा संविधानसभा सदस्य तारामान गुरुङले संखुवासभाको चैनपुर आइशोलेसनमा स्वास्थ्य सामाग्री तथा विद्युतका सामाग्री हस्तान्तरण गरेको छन् । आइतबार विहान चैनपुर आइसोलेशन पुगेर पूर्व राज्यमन्त्री गुरुङले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

आइशोलेशनका लागि अत्याआवश्यक स्टेपलाईजर १ थान, सर्जिकल मास्क १ हजार ३ सय थान र २५ सेट पिपिई सेट हस्तान्तरण गरेका हुन् । चैनपुर नगरपालिका ७ मा रहेको  ३० वेडको जिपी गणेशमान प्रष्ठिानको भवनमा र ५० वेडमो मदन आश्रित प्रतिष्ठानको भवनमा सञ्चालित आइशोलेशनमा हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका सामाग्रीहरु आइसोलेशनमा अत्यावश्यक रहेको र सोहि अनुरुप हस्तान्तरण गरिएको पूर्व राज्यन्त्री तारामान गुरुङले बताए । उनले चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख हिमाल ढकाल,चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रका डा. रुपेश कर्ण लगायतलाई आइसोलेशनमा हस्तान्तरण गरिएको थियो ।

चैनपुरस्थित आइशोलेशन जम्मा ७० वेडको सञ्चालनमा रहेको छ । पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका र मादी नगरपालिकाको संयुक्त लगानीमा तयार गरिएको आइशोलेसनमा हाल ३९ जना कोरोना संक्रमित विरामीको उपचार भईरहेको छ ।

२१ जना महिला र १८ जना पुरुष संक्रमित रहेको आइशोलेशनमा हालसम्म २३५ जना कोरोना संक्रमितहरु भर्ना भईसकेको छ । आइशोलेसनमा एक जना डाक्टर, २ जना पारामेडिक र ५ जना हेल्पर गरि ८ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

हालसम्म आइशोलेसनबाट १ जना काठमाण्डौ र २ जना धरा रेफर गरिएको डा. रुपेशले जानकारी दिए । आइशोलेशन निर्माणका लागि ४ नगरपालिकाले प्रति नगरपालिका दामासाही ५४ लाख ७८ हजार ५३१ रुपयाँ २६ पैसा लगानी भएको छ ।