बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन हजार ६४१ पुगेको छ । यो अवधिमा महामारीबाट थप मृत्यु भएका व्यक्तिको सङ्ख्या ८२ रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ । 

बङ्गलादेशको स्वास्थ्य महानिर्देशनालयका अनुसार अहिलेसम्म कूल  आठ लाख ५१ हजार ६६८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १३ हजार ५४८ जनाको मृत्यु भएको छ । 

सरकारी अधिकारीले एशियाली यस मुलुकमा आइतबार बिहान ८ः०० बजेसम्मको पछिल्लो २४ घण्टाको अन्तरालमा कूल २२ हजार २३१ जनाको कोभिड–१९ परीक्षण गरिएको जनाएका छन् । 

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण भई निको हुने नागरिकको सङ्ख्या सात लाख ८२ हजार ६५५ रहेको छ । योमध्ये आइतबार दुई हजार ५०९ जना कोभिडबाट मुक्त भएका छन् ।

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर हाल १.५९ रहेको छ भने निको हुनेको दर ९१.९० रहेको छ ।   बङ्गलादेशमा अप्रिल ७ मा सबभन्दा बढी दैनिक नयाँ सङ्क्रमित (सात हजार ६२६) भेटिएका थिए भने  अप्रिल १९ मा कोभिडका कारण सबैभन्दा बढी ११२ जनाको मृत्यु भएको थियो ।