धरान । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीबाट खैरोहेरोइनसहित एकजना पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भण्टाबारीबाट ४० वर्षीया शम्भु कविरथलाई ९.५४० ग्राम खैरोहेरोइनसहित पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा कविरथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई लागूऔषध नियन्त्रण एने २०३३ अनुसार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनलाई बुधबार पक्राउ गरिएको हो ।