सिन्ह्वा— कोभिड–१९ सङ्क्रमण नघटेपछि अफगानिस्तानको राजधानी काबुलसहित अन्य १६ प्रान्तमा बन्द गरिएका विद्यालयहरु बन्दको निर्णयलाई निरन्तरता दिने बताइएको छ । 

यसअघि अफगानिस्तानको सरकारले दुई हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर त्यहाँ अहिले पनि कोभिडको सङ्क्रमण घटेको छैन । 

कोभिडको सङ्क्रमण नघटेको भन्दै आगामी हप्तासम्मका लािग बन्द गरिएका विद्यालयहरु थप बन्द हुने अफगानिस्तान सरकारले जनाएको छ ।  कोभिड–१९ लाई रोकथाम गर्ने उद्देश्यले सरकारले गतहप्ता उक्त घोषणा गरिएको टोलो न्यूजले अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी गराएको छ ।     

यसअघि अफगानिस्तानको सरकारले एक हप्ताको लागि भन्दै कोभिड–१९ नियन्त्रणका लागि काबुल, घाज्नी, हेलमाण्ड, कान्दाहर, लोगर, नानगर, परवान, मैदान वार्ड, पञ्जशीर, बल्ख, लघमान, बद्दाशान, कपिसा, कुन्दुजलगायतका प्रान्तका सरकारी तथा निजी विद्यालयहरू र विश्वविद्यालयहरू बन्द गरिएको बताएको थियो ।      

अफगान सरकारले अफगानिस्तानमा अहिलेसम्म कूल सङ्क्रमितको संख्या ७५ हजारभन्दा बढी पुगेको जनाएको छ । यस सङ्क्रमणबाट यहाँका करिब तीन हजार सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।