धरान । नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले सुकुम्बासी र अव्यवस्थितमा बसोबास गर्नेहरुलाई लक्षित गर्दै लकडाउन अवधिभरि निःशुल्क एम्बुलेन्स सेवा दिने भएका छन् । 

धरानभित्र रहेका सम्पूर्ण भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेकाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिने उनले बताए । कोरोनाको दोस्रो महामारीले अव्यवस्थित तथा सुकुम्बासीहरुलाई थप समस्या परेकाले उनीहरुलाई लक्षित गरी एम्बुलेन्स सेवा दिइएको उनले बताए । 

Untitled-1 copy 2

लगातारको बन्दले सुकुम्बासीहरुमा खाद्यान्नको समेमा अभाव हुँदै गएकाले तत्काल राहतको व्यवस्थ ागर्नका लागि माग गरिएको छ । 

कोरोनाको समयमा सुकुम्बासीका लागि काठमाडौं महानगरपालिका १० स्थित रत्नराज्य स्कुल र बूढानिकलण्ठ नगरपालिका १० बालुवाखानीमा आइसोलेसन निर्माण गर्दै सेवा दिइरहेको जनाइएको छ । त्यहाँ नेपाल महिला एकता समाजको सिफारिसमा खाना र निःशुल्क उपचार समेत दिइरहेको जनाइएको छ । 

धरानसँगै अन्य क्षेत्रका सुकुम्बासीका लागि पनि एम्बुलेन्स सेवा दिने तयारी थालिएको उनले जनाए । यस्तै नेपाली कांग्रेस धरान नगरका पूर्वसभापति किशोर राईले पनि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेका छन् । उनले पनि महामारीका बेला खाद्यान्न अभाव भइरहेका अतिविपन्न तथा एम्बुलेन्स सेवा समेत लिन नसक्नेहरुका लागि सेवा दिइएको उनले बताए ।